Monday, December 17, 2012
बीबीसी पत्रकार सुरेन्द्र फुयालविरुद्ध पाँच मुद्दामा आज सुनुवाई
गृहपृष्ठ नेपाल प्रवास विश्व साहित्य प्रविधि मनोरञ्जन वृत्त चित्र अचम्मको दुनियाँ प्रहर्शन संगीत जानकारी हाम्रो अनुरोध
Thursday, August 30, 2012बीबीसी पत्रकार सुरेन्द्र फुयालविरुद्ध पाँच मुद्दामा आज सुनुवाई
बीबीसीका पत्रकार सुरेन्द्र फुयालविरुद्ध एक फिलिपिनो महिलाले दायर गरेका पाँच मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासमा फिलिपिनो महिला चरिना क्याब्रिडोले दायर गरेका सम्बन्ध विच्छेद, घरेलु हिंसाको दुई वटा र अदालतको अवहेलनाका दुई वटा मुद्दामा आज सुनुवाई हुन लागेको हो ।
यसअघि गत चैत २९ गते जिल्ला अदालतले पीडित क्याब्रिडोलाई संरक्षण दिनुपर्ने आदेश जारी गरेको थियो । आदेशविपरीत काम गरेको आरोप लगाउँदै अदालतको अवहेलना गरिएको भन्दै पत्रकार फुयालविरुद्ध अर्को मुद्दा थपिएको हो ।
यसअघिको आदेश ?
यसमा वादी चरिना काब्रिडो र प्रतिवादी सुरेन्द्र फुयाल भएको घरेलु हिंसा मुद्दामा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ को दफा ६ बमोजिम अन्तरिम संरक्षणात्मक आदेश जारी गरिपाउँ भनी वादीको निवेदन आएको देखियो। निवेदनमा वादीले उक्त ऐनको दफा ६ (१) को खण्ड ख बमोजिम जीवन निर्वाहको लागि प्रति महिना रु ४० हजार र भरणपोषणको लागि व्यवस्था गर्न र सोही ऐनको दफा ६ को खण्ड घ र ङ बमोजिमका कार्य नगर्न नगराउन र खण्ड च बमोजिम मेरो हित र सुरक्षाका लागि आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न गराउन अन्तरिम संरक्षणात्मक आदेश जारी गरिपाउँ भन्ने निवेदन रहेको माग सम्बन्धमा पछि प्रतिवादीको प्रतिवादीको प्रतिउत्तर र कानुन बमोजिम हुने गरी वादीलाई हाल निम्न बमोजिमको कार्य नगर्न नगराउन भनी अन्तरिम संरक्षणात्मक आदेश जारी गरिदिएको छ। यो आदेशको सूचना प्रतिवादीलाई दिनू।
१) वादीलाई गाली बेइज्जति गर्ने धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्नू, नगराउनू।
२) वादी बसेको ठाउँमा वा बाटोघाटोमा वा निज कार्यरत ठाउँमा गई वा कुनै किसिमको सञ्चार माध्यमद्वारा वा अन्य कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्नू, नगराउनू;
३) पीडितको हित र सुरक्षामा असर पर्ने गरी कुनै पनि कार्य नगर्नू, नगराउनू
के हो विवाद ?
सुरेन्द्र फुयालसँग ‘लिभ इन’ रिलेसनसिप अर्थात् बिहे नगरी एकै छतमुनि रहेको दावी गर्छिन चरिना । त्यसैले यो मुद्दाले लिभ इन रिलेसनसिपको वैधता जाँच पनि हुनेछ । चरिनाले लिभ इन रिलेसनसिपबाट सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । यस्तो मु्द्दा अहिलेसम्म परेकै थिएन।
चरिनाले आफूमाथि यौन दुर्व्यवहार, घरेलु हिंसा भएको आरोप लगाएकी छिन्। तर सुरेन्द्र त्यसलाई अस्वीकार गर्छन्।
चरिनाले साँघु साप्ताहिकमा दिएको अन्तर्वार्ता : -’उसले मलाई महिनावारीको समयमा पनि छाडेन।’
अन्तर्वार्तामा उनले भनेकी थिइन्- ‘बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ।’ रविन्द्र मिश्रको समेत नाम मुछिएपछि फेसबुकबाट धेरैले बीबीसी नेपालीका प्रमुख मिश्रलाई प्रश्न गरेका थिए। त्यसपछि बीबीसी नेपालीले यस्तो स्टाटस राखेको थियो-
बीबीसी नेपाली सेवाका कर्मचारी सुरेन्द्र फुयालको भएको भनिएको गैरवैवाहीक सम्बन्धका बारे विभिन्न समाचार माध्यम र सामाजीक संजालहरुमा भएको चर्चाका बारे बीबीसीको ध्यान आकृष्ट भएको छ। यो सम्पूर्ण प्रकरण अहिले अदालतमा विचाराधिन रहेकोले यस विषयमा हामी कुनै टिप्पणी गर्न सक्ने स्थितीमा छैनौं। र आफ्ना कर्मचारीको नीजी विषयहरुमा बीबीसीले हस्तक्षेप गर्ने गर्दैन।
तर यो स्टायटस केही समयपछि नै हटाइयो। यसबारे यो ब्लगमा विस्तृत जानकारी छ । अन्ततः पुनः यो स्टायटस राख्न बीबीसी बाध्य भयो।
यसमा सुरेन्द्र फुयालले फेसबुकमार्फत् यस्तो प्रतिक्रिया जनाएका थिए-
गम्भीर आपत्ती तथा खण्डन
भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आघात एवं खलल पुर्याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्।
पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु। स्रोतः फेसबुक
दोहोरो मुद्दा
सुरेन्द्रले पनि चरिनाविरुद्ध मुद्दा दायर गरेका छन्। आफ्नो मानहानी गरेको भन्दै उनले साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरेका छन्। साइबर क्राइम अन्तर्गत चरिनाले पनि सुरेन्द्रलाई मुद्दा हालेकी छिन्। (स्रोत : माइसंसार)
पत्रकार सुरेन्द्र चरिनासँग रमाउँदाका क्षणहरु :
चरिनालाई गर्भपतन गर्न दवाब दिंदै निर्मला फुयाँल
पत्रिकामा सुरेन्द्र र चरिनाको सम्बन्धमा तिक्तता
सुरेन्द्र फुयालले चरिनालाई लेखेका टेक्स्ट म्यासेजहरु :
बीबीसीबाट चरिनालाई प्राप्त प्रतिक्रिया :
शीर्षकसँग सम्बन्धित सामग्रीहरु
कबुलेको दान नदिनेहरुले निकाले मुख छ...
चीनमा हस्तमैथुन प्रतियोगिता सम्पन्न...
विश्वका कुरुपहरुको प्रतियोगिता (फोट...
विश्वकै होचा चन्द्रबहादुर डाँगीले भ...
राजकुमारको समर्थनमा सैनिकको नांगो प...
बिहे गरेर लुट्ने र भाग्ने बेहुलीको ...
चिहानबाट निकालेर सृङ्गारपटार गरी शह...
बाउबा संघमा कांग्रेसको बेइज्जतीपूर्...
नेपालमा मिति र समय
प्रधानमन्त्री भट्टराई
टफ टक
हाम्रा पछिल्ला सामग्रीहरु
Bigg Boss (Season 6) [Episode 71] 17th December 2012
डा. पुकारचन्द्र श्रेष्ठसँग कुराकानी टफ टकमा (१७ डिसेम्बर २०१२)
तथ्याङ्कमा राष्ट्रको तस्विर- भाग २ : पावरन्युज (१७ डिसेम्बर २०१२)
Phir Subah Hogi 17th December 2012
अमेरिकामा कुमार बस्नेत र मिरा राणा
जिरे खुर्सानी (१७ डिसेम्बर २०१२)
Copyright @ 2012 www.namastenepali.com Designed by : YOGENDRA MILAN CHHANTYAL and Published by www.namastenepali.com.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment